स्वर्ण जयन्ती बुलेटिन - २०७९

स्वर्ण जयन्ती बुलेटिन - २०७९

2024-05-13 / 2024-06-13T23:59:00
Central Campus of Technology
Central Campus of Technology

स्वर्ण जयन्ती महोत्सव परिचय
कुनै पनि व्यक्ति वा संस्था स्थापनको ५० वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रम,उत्सव वा समारोहको आयोजना गरी ५० औ स्थापना दिवस मनाउनुलाई स्वर्ण जयन्ती महोत्सव भन्ने गरिन्छ । यस्ता उत्सवहरु मनाउदा  संस्थाको स्थापना देखि यसको प्रगति र विकासमा महत्वपूर्र्ण योगदान गर्ने व्यक्तित्वहरुलाई विशेष समारोह मार्फत सम्मान तथा पुरस्कार वितरण गर्ने साथै ऐतिहासिक दिनको सम्झना स्वरुप स्मारक निर्माण गर्ने   स्मारिका पुस्तक आदि प्रकाशन गर्ने प्रचलन रहेको पाइन्छ । 
केन्द्रीय प्रविधि क्याम्पस धरानको स्वर्ण जयन्ती महोत्सव २०७९ को संक्षिप्त जानकारी
वि.सं. २०३० सालमा स्थापना भएको केन्द्रीय प्रविधि क्याम्पस धरानले वि.सं. २०७९ सालमा  आफ्नो स्थापनाको ५० औं वर्ष दिवस (स्वर्ण जयन्ती) विभिन्न कार्यक्रमहरुको आयोजना गरी भव्यतापूर्वक सम्पन्न गरेको छ । वि.सं. २०३० साल देखि २०७९ संम्म आईपुग्दा यस क्याम्पसले राष्ट्रको नीति निमार्ण गर्ने तहदेखि राष्ट्रसेवक, देशको अर्थतन्त्रलाई प्रभाव पार्ने औद्योगिक क्षेत्र, शैक्षिक क्षेत्र लगायतमा थुप्रै प्रविधिक जनशक्ति तयार गरी आफुलाई नेपालकै अव्बल क्याम्पसको रुपमा परिचित गराउन सफल भएको छ । क्याम्पस स्थापना देखि हालका दिन सम्म क्याम्पस संग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएर देश एवम् यस संस्थाको प्रगति र विकासमा महत्वपूर्र्ण योगदान गर्नुहुने विशिष्ठ व्यक्तित्वहरुलाई स्वर्ण महोत्सवको औपचारिक कार्यक्रम मार्फत भव्य रुपमा स्वागत एवम् सम्मान गरिएको छ ।
केन्द्रीय प्रविधि क्याम्पसले आफ्नो स्वर्ण महोत्सव समारोह स्थल क्याम्पस कै फुटवल मैदानलाई छनौट गरेको थियो । स्वर्ण महोत्सव कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहालज्यू रहनु भएको थियो । कार्यक्रममा  क्याम्पसको स्थापना कालीन पुर्व सहायक डीन प्रा.डा.भद्रमान् तुलाधर, पुर्व सहायक डीन प्रा.जगत वहादुर के.सी., संचालक समितिका अध्यक्ष एवम् पुर्व क्याम्पस प्रमुख  प्रा.डा. धन बहादुर कार्की, पूर्व सह प्रशासक गोविन्दमान श्रेष्ठ लगायत संचालक समितिका  सदस्यज्यूहरु, धरान नगरी भित्र रहेका आङ्गीक क्याम्पसहरुका क्याम्पस प्रमुखज्यूहरु, पिण्डेश्वर विद्यापिठका प्राचार्य, सम्बन्धन प्राप्त क्याम्पसका क्याम्पस प्रमुखज्यूहरु, उद्योगपतिहरु, पुर्वविद्यार्थीहरु,अविभावकज्यूहरु, अवकास प्राप्त शिक्षक तथा कर्मचारीज्यूहरु, कार्यरत र अध्ययनरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरु र पत्रकारहरु गरी अनुमानित ५०० जनाको सहभागितामा भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको थियो । स्वर्ण महोत्सवलाई ऐतिहांसिक दृष्टिकोण प्रदान गर्न क्याम्पस प्रमुख डा.दिल कुमार लिम्बूज्यूले आफ्नो व्याक्तिगत तथा पारिवारको लगानीमा आफ्ना स्वर्गवासी माता हिमावती र पिता टिकाराम लिम्बू ज्यूको नामबाट स्वर्ण महोत्सव स्मारक ९ऋयिअप त्यधभच० निर्माण गरी क्याम्पसलाई समपर्ण गर्नु भएको थियो ।  उक्त क्लक टावर त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहाल ज्यूद्धारा स्वर्ण महोत्सव उद्घाटन समारोहमा उद्घाटन गर्नु भयो । यसै गरी क्याम्पसको क्लक टावरको अलावा क्याम्पसको ऐतिहांसिक दस्तावेजका रुपमा ५० वर्र्ष अवधि भित्रका संस्थापक व्याक्तित्वहरु देखि सेवा निवृत तथा कार्यरत शिक्षक कर्मचारीहरु बाट लेखिएका लेखहरुलाई स्मारिकाको रुपमा त्रिभुवन विश्वविद्यालयका  रजिष्ट्रार श्रीमान् प्रा.डा. पेशल दाहालज्यू बाट विमोचन गरियो । यो दस्तावेजले क्याम्पस स्थापना देखि क्याम्पसलाई नेपालकै अव्वल स्थानमा पुर्याउन गरेका सम्पूर्र्ण प्रयासहरुलाई ऐनाको रुपमा प्रतिबिम्बित गरेकोछ । यस दस्तावेजले प्रगति पथमा उन्मुख शैक्षिक संस्थाहरुलाई मार्गदर्शन गर्न सेतुको भुमिका रहने देखिन्छ ।
स्वर्ण जयन्ती महोत्सव तयारी 
केन्द्रीय प्रविधि क्याम्पस धरानको २५ औं रजत जयन्ती मनाईरहदा त्यसबेला हालका क्यम्पस प्रमुख डा.दिल कुमार लिम्वू ज्यूको समेत सक्रिय सहभागिता हुदाहुदै पनि ऐहिांसिक दस्ताबेजको रुपमा स्मारिका प्रकाशन नहुदा स्थापना कालीन गतिविधिहरुको बारेमा जानकारी पाउन कठिन भएको हालको सन्दर्भमा उक्त समस्याको निराकरणका लागि डा.लिम्वुले आफूले क्याम्पस प्रमुखको जिम्मेवारी पाए देखि नै क्याम्पस स्थापनामा महत्वपूर्र्ण भूमिका निर्वाह गर्नुहुने विशिष्ठ व्याक्तिहरु,जग्गादाता, समाजसेवी, वुद्धिजिवी आदि समक्ष क्याम्पसको स्थापनाकालीन ऐतिहासिक दस्तावेजहरु समावेश भएको एक स्मारिका प्रकाशन गर्नका लागि विमर्शको  थालनी गर्नु भएको थियो । यी सवै तयारीका लागि आवश्यक समयको महत्वलाई दृष्टिगत गरी  मिति २०७८ चैत्र ३० गते केन्द्रीय प्रविधि क्याम्पस कार्यकारी समितिमा छलफल गरी निम्न अनुसार स्वर्ण जयन्ती मूल समारोह समितिको गठन गरियो । 
स्वर्ण जयन्ती मूल समारोह समिति
१.    क्याम्पस प्रमुख डा.दिलकुमार लिम्बु                            अध्यक्ष
२.    सहायक क्याम्पस प्रमुख सह.प्रा. बबिता अधिकारी         सदस्य
३.    प्राध्यापक बसन्त कुमार राई                                       सदस्य
४.    उप प्रा. श्री प्रभात कुमार श्रेष्ठ                                      सदस्य
५.     आ.उ.नि. श्री सुरेश सुवेदी                                         सदस्य
६.    शा.अ. श्री नविन कुमार श्रेष्ठ                                       सदस्य
७.    मू.का.स.श्री महेश कोईराला                                       सदस्य
८.    त्रि.वि. प्राध्यापक सङ्घ सभापति श्री हेमन्त खनाल            सदस्य
९.  त्रि.वि.कर्मचारी संघ सभापति श्री टंक बहादुर कार्की          सदस्य
१०.    स्व.वि.यू. सभापति  श्री सौरभ संञ्जेल                           सदस्य

त्यसै गरी मिति २०७९ पौष ७ मा स्वर्ण जयन्ती समारोह आयोजनाको लागि विभिन्न उपसमितिहरु गठन गरिएको थियो । 
१. अतिथि सत्कार तथा खाजा संचालक उपसमिति
२. सम्मान तथा पुरस्कार उपसमिति
३. प्रचार प्रसार उपसमिति
४. स्मारिका प्रकाशन उपसमिति
५. अतिरिक्त कृयाकलाप उपसमिति
६. कार्यक्रम संचालन तथा सजावट उपसमिति
७. भौतिक संचालक उपसमिति
मूल समारोह समिति तथा उपसमितिहरुको गठन पश्चात मिति २०७९ चैत्र १५ गते केन्द्रीय प्रविधि क्याम्पसको स्वर्ण जयन्ती महोत्सव मनाउने निर्णय गरियो । मिति २०७९ फाल्गुण १५ देखि १७ गते संम्म स्वर्ण जयन्ती सप्ताहाव्यापी अतिरिक्त कृयाकलाप तथा खेलकुदको आयोजना गरियो । उक्त सप्ताहव्यापी खेलकुद कार्यक्रममा अन्तर संकाय महिला बास्केट बल तथा पुरुष फुटबल खेलाईएको थियो । खेलमा उत्कृष्ट स्थान हासिल गर्ने खेलाडी विद्यार्थीहरुलाई स्वर्ण जयन्ती समारोहमा पुरस्कार, सम्मान तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

अतिथि सत्कार तथा खाजा संचालक उपसमिति
स्वर्ण जयन्ती समारोहलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको निम्ति सहायक क्याम्पस प्रमुख सह.प्रा. वविता अधिकारीज्यूको संयोजकत्वमा ६ सदस्यीय कमिटि गठन गरिएको थियो । उक्त समितिले स्वर्ण जयन्ती समारोहमा धरान उपमहानगरपालिकाका प्रमुख, यस क्षेत्रका माननिय सभासद, प्रदेश सभासदहरु, विभिन्न क्याम्पसका क्याम्पस प्रमुखज्यूहरु, सम्बन्धन प्राप्त क्याम्पसका क्याम्पस प्रमुखज्यूहरु, स्थानीय संस्थागत तथा सामुदायिक विद्यालयका प्राचार्यज्यूहरु, समाजसेवी, उद्योगपतिज्यूहरु, जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख, क्याम्पसका संस्थापक विशिष्ट व्याक्तित्वहरु, अभिभावकज्यूहरु, पूर्व विद्यार्थीहरु र क्याम्पसवाट अवकास प्राप्त तथा कार्यरत शिक्षक, कर्मचारीहरु र अध्ययनरत विद्यार्थीहरु सबैलाई निमन्त्रणा गरिएको थियो ।

प्रचार प्रसार उपसमिति
स्वर्ण जयन्ती समारोहलाई व्यापक प्रचार प्रसार गर्न सह.प्रा. दिपक सापकोटा ज्यूको संयोजकत्वमा ६ सदस्य कमिटि गठन गरिएको थियो । उक्त समितिले २०७९।१२।१४ गते पत्रकार सम्मेलन गरी कार्यक्रको औचित्यता माथि प्रकाश पारेको थियो । कार्यक्रमको प्रचार प्रसारकै सिलसिलामा विभिन्न व्यानर, सामाजिक संञ्जाल तथा चैत्र १५ गते क्याम्पसका  

शिक्षक, कर्मचारी तथा विद्यार्थीहरु द्घारा प्लेकार्ड सहित We Love CCT लगायतका नारा सहित क्याम्पसबाट पुरानो बजार हुदै भानुचोक, भानुचोकबाट हाइवे हुदै प्रभातफेरी कार्यक्रम गरेको थियो । 

भौतिक संचालक उपसमिति
क्याम्पसको स्वर्ण जयन्ती समारोहलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको निम्ति उप.प्रा. बलभद्र भन्डारी ज्यूको संयोजकत्वमा ६ सदस्य  कमिटि गठन गरिएको थियो । कार्यक्रम स्थल क्याम्पस प्राङ्गण भित्रको खेलमैदान रहेको मञ्च प्रयोग गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुको लागि मञ्चमा बस्नको लागि आराम चेयर तथा कुर्सीहरुको व्यवस्था गरिएको थियो । मञ्चको अगाडि पट्टी खेलमैदानमा टेन्टको व्यवस्था गरी सहभागीहरुलाई बस्नको लागि पर्याप्त कुर्सीहरुको व्यवस्था गरिएको थियो । कार्यक्रम स्थलमा माइक तथा साउन्ड सिस्टमको व्याकअप सहितको व्यवस्था गरिएको थियो ।

कार्यक्रम संचालन तथा सजावट उपसमिति
स्वर्ण जयन्ती समारोहलाई आकर्षक, भव्य र सभ्य रुपमा सम्पन्न गर्नको निम्ति उप..प्रा. नविन गौतमज्यूको संयोजकत्वमा ६ सदस्यीय कार्यक्रम संचालन तथा सजावट उपसमिति गठन गरिएको थियो । कार्यक्रम स्थल मञ्चको वरिपरि प्रमुख अतिथि तथा अतिथिहरु रहने स्थानमा रङ्गी बिरङ्गी बिपुण तोरण तथा बेलुनहरुलाई टा“गेर कार्यक्रम स्थल अत्यन्त सुन्दर तथा आकर्षक पारिएको थियो । 
स्मारिका प्रकाशन उपसमिति
स्वर्ण जयन्ती समारोहलाई ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशन गर्न उप.प्रा. प्रभात कुमार श्रेष्ठज्यूको  संयोजकत्वमा ६ सदस्यीय कमिटि गठन गरिएको थियो । कमिटिले क्याम्पसको स्थापनाकालिन प्राध्यापक, कर्मचारी, जग्गादाता, समाजसेवी, समाजका प्रबुद्ध व्याक्तिहरु संग लेख रचना उपलव्ध गराई दिनका लागि समन्वय गरी १९ वटा लेख रचना र क्याम्पसका ऐतिहासिक तस्विरहरु समावेस भएको १९० पेजको स्मारिका तयार गर्यो । स्मारिकाको भाषा सम्पादन पिण्डेश्वर विद्यापीठ धरानका प्राध्यापकद्धय डा.रमेस घिमिरे र डा. सागरमणि सुवेदीले गर्नु भएको थियो । उक्त स्मारिकाको विमोचन कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.पेशल दाहाल ज्यूले स्वर्ण महोत्सव समारोहमा गर्नु भएको थियो ।  

 ऐतिहासिक दस्तावेज र प्रत्यक्ष देख्न र अवलोकन गर्न सकिने क्लक टावर जुन सर्वसाधारण जोसुकै क्याम्पस प्राङ्गणमा प्रवेस गर्दछ उसको पहिलो स्मारक क्लक टावरमा पर्ने र यसले क्याम्पस प्रतिको अवधारणलाई स्पस्ट बदल्ने र धरान नगरीकै उत्कृष्ट गन्तव्यको रुपमा प्रतिविम्वित गर्ने देखिन्छ । जसलाई क्याम्पस प्रमुख डा. दिल कुमार लिम्बूज्यूको लगभग ३२ लाखको लगानीमा आफ्ना स्वर्गबासी माता हिमावती र पिता टिकाराम लिम्बूज्यूहरुको सम्झनामा हिमटिका क्लकटावर नामाकरण गरी क्याम्पस प्रमुख सहप्रा.डा. दिल कुमार लिम्बूज्यू बाट त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा.डा. पेशल दाहालज्यूका रोहबरमा क्याम्पसलाई हस्तान्तरण गरी क्लक टावरको उद्घाटनतथा अनावरण गर्नुभएको छ । 

सम्मान तथा पुरस्कार उपसमिति


स्वर्ण जयन्ती समारोहको गरिमालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको निम्ति .प्रा.बसन्त कुमार राईज्यूको  संयोजकत्वमा ६ सदस्यीय सम्मान तथा पुरस्कार उपसमिति गठन गरिएको थियो । समितिको अगुवाईमा स्वर्ण जयन्ती समारोहका प्रमुख अतिथि, विशिष्ठ अतिथिहरु तथा अतिथिहरुको सम्मानमा खादा, दोसल्ला,व्याज तथा मायाको चिनो व्यवस्था गरी कार्यक्रम अवधिमा सम्मानित गरिएको थियो । साथै सप्ताहाव्यापी स्वर्ण महोत्सव खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । 

स्वर्ण जयन्ती महोत्सव कार्यक्रम
मिति २०७९ चैत्र १५ गते सम्पन्न भएको स्वर्ण जयन्ती महोत्सव समारोह विहान ७ बजे बाट क्याम्पसमा कार्यरत शिक्षक, कर्मचारी र अध्ययनरत विद्यार्थीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम क्याम्पसको प्राङ्गण बाट सुरु गरेर पुरानो बजार, भानुचोक, छाताचोक, लक्ष्मीचोक हुदै क्याम्पसमा आएर विर्सजन गरियो । उक्त प्रभातफेरी कार्यक्रममा विभिन्न एबिथ अबचमक व्यानर र स्वर्ण जयन्ती महोत्सवको लोगो लगाएका टिसर्ट सहित २५० जनाको सहभागितामा बजार परिक्रमा गरिएको थियो । त्यसै गरी विहान १० बजे क्याम्पस प्रमुख डा. दिल कुमार लिम्बूज्यू र वहा“को परिवारबाट स्वर्गिय माता पिताको नाममा निर्मित क्लक टावर हस्तान्तरण तथा उद्घाटन कार्यक्रम श्रीमान् त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहालज्यूका करकमलबाट सम्पन्न गरी पुरुष छात्रबासको समेत उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष तथा पुर्व क्याम्पस प्रमुख प्रा.डा. धन वहादुर कार्कीज्यू, पुर्व डीन तथा पुर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. जगत वहादुर के.सि.,पुर्व सहायक डीन तथा काठमान्डौं विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. भद्रमान तुलाधर, विभिन्न आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका क्याम्पस प्रमुखज्युहरु, उद्योगपतिज्यूहरु, क्याम्पसका संचालक समितिका सदस्यज्यूहरु, क्याम्पसमा कार्यरत तथा अध्ययनरत शिक्षक कर्मचारीज्यूहरुको समेत सहभागिता थियो । उद्घाटित पुरुष छात्रबास ३ करोड १७ लाखको लगानीमा सम्पन्न भएको थियो । पुरुष छात्रबासमा ६५ जना विद्यार्थी बस्न सक्ने क्षमता रहेको छ । 
२०७९चैत्र १५ गते बुधबार दिनको ठिक १०ः३० बजे बाट स्वर्ण जयन्ती महोत्सवको औपचारिक कार्यक्रम शुरु भयो । औपचारिक कार्यक्रमको सभाध्यक्षता क्याम्पस प्रमुख प्रा.डा. दिल कुमार लिम्बूज्यूले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहालज्यूले गर्नु भएको थियो । विशेष अतिथिमा क्याम्पस संचालक समिति अध्यक्ष तथा पुर्व क्याम्पस प्रमुख प्रा.डा. धन वहादुर कार्कीज्यू, पुर्व डीन तथा पूर्वाञ्चल विश्वविद्यालयका पुर्व उपकुलपति प्रा. जगत वहादुर के.सि.,पुर्व का.मु.क्याम्पस प्रमुख भद्रमान तुलाधर, पूर्व का.मु. क्याम्पस प्रमुख प्रा.डा. सुरेन्द्र बहादुर कटवाल तथा अतिथिहरुमा विभिन्न आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका क्याम्पस प्रमुखज्युहरु, उद्योगपतिज्यूहरु, क्याम्पसका संचालक समितिका सदस्यज्यूहरु, पत्रकारज्यूहरु र कार्यक्रममा सहभागी क्याम्पसमा कार्यरत तथा अध्ययनरत शिक्षक, कर्मचारी तथा अविभावकज्यूहरु र विद्यार्थीहरु सहभागिता थियो । 
केन्द्रीय प्रविधि क्याम्पसका पोषण तथा आहार विज्ञान विभागका विभागिय प्रमुख उप.प्रा. कविन्द्र भट्टराई तथा शुक्ष्म जीव विज्ञान विभागका विभागीय प्रमुख शि.स. धिरेन सुव्बाज्यूले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । स्वर्ण जयन्ती महोत्सव समारोहको औपचारिक स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख सह.प्रा. वविता अधिकारीज्यूले गर्नु भएको थियो ।स्वर्ण जयन्ती महोत्सव समारोहको औपचारिक उद्घाटन पानसमा वत्ति बालेर त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा.डा. पेशल दाहालज्यूले गर्नु भएको थियो । क्याम्पसमा अध्ययनरत छात्रछात्राहरुले राष्ट्रियता झल्किने सांस्कृतिक नाच प्रस्तुत गरेका थिए । 
कार्यक्रमलाई सम्बोधन गदैे प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहालज्यूले आफ्नो बाल्यकाल यसै विजयपुरमा वितेको र यस क्याम्पसको स्थापनाकाल देखि हालसम्म आफुले नियाली राखेको र आफुलाई यो क्याम्पसको अत्यन्तै माया  रहेको कुरा व्यक्त गर्नुभयो । यस क्याम्पस स्थापना देखिनै यसले देश,समाज र व्यक्तिलाई दिएको योगदानको चर्चा गर्दै क्याम्पसले हासिल गरेको उच्च प्रगतिका माझमा स्वर्ण जयन्ती महोत्सव समारोहको प्रमुख अतित्थ्यता गर्न पाउ“दा गर्व लागेको कुरा बताउनु भयो साथै  त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारको हैसियतले गर्नु पर्ने सम्पूर्र्ण कुरामा सहयोग गर्न तत्पर रहेको बताउनु भयो । 

यसै गरी पुर्व का.मु क्याम्पस प्रमुख तथा क्याम्पस संस्थापक सदस्य प्रा.डा. भद्रमान तुलाधरले पनि शुभकामना मन्तव्य राख्दै आफुले स्थापनाकाल देखिनै यस क्याम्पसको प्रगतिमा ठुलो सङ्घर्ष गरेको कुरा व्यक्त गर्नु भयो । आफू प्रत्यक्ष सहभागी भएर स्थापना भएको क्याम्पस आज त्रि.वि.को उत्कृष्ट क्याम्पसको सूचीमा पर्न सफल भएको सुन्न पाउदा आफूलाई धेरै खुसी लागेको तथा विकासको पथमा अगाडि बडिरहेको यस  क्याम्पसको स्वर्ण जयन्ती महोत्सव समारोहको विशेष अतिथि बन्न पाउ“दा अत्यन्तै गौरवान्वित भएको बताउनु भयो । यस्ता महोत्सव समारोहहरु प्रत्येक १० वर्र्षमा हुनुपर्ने कुरा पनि वहा“ले व्यक्त गर्नु भयो ।
शुभकामना मनतव्यकै क्रममा पुर्व सहायक डीन तथा पुर्व पुर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. जगत वहादुर के.सी. ज्यूले आफ्नो धारणा राख्ने क्रममा आफु यस क्याम्पसबाट टाढा भएता पनि यस क्याम्पसको धेरै माया रहको बताउनु भयो । आफनो पनि सहभागितामा स्थापना भएको क्याम्पसको र आफनो प्रिय विद्यार्थी क्याम्पस प्रमुख प्रा.डा. दिल कुमार लिम्बूले निमन्त्रणा गरी उत्कृष्टता हासिल गर्न सफल क्याम्पसको स्वर्ण जयन्ती महोत्सव 

समारोहको विशेष अतिथि बन्न पाउदा अत्यन्तै गौरवान्वित भएको बताउनु भयो ।

स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दे महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख दामोदर भन्डारीज्यूले धरान नगरी भित्रका ३ वटा त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस मध्ये विज्ञान र प्रविधिको क्षेत्रमा छुट्टै अस्तित्व बोक्न सफल र उत्कृष्ठ क्याम्पसको रुपमा समेत परिचित क्याम्पसको स्वर्ण जयन्ती महोत्सवमा आफुलाई सहभागी हुन पाउदा गर्व महसुस भएको र यस क्याम्पसबाट अन्य  क्याम्पसले धेरै कुरा अनुसरण गर्नुपर्ने धारणा राख्नुभएको थियो । त्यसै गरी पिण्डेश्वर विद्यापिठका प्राचार्य प्रा. काशि पौडेलले शुभकामना मन्तव्य मार्फत केन्द्रीय प्रविधि क्याम्पस धरान नगरीकै गहना भएको र खाद्य प्रविधि लगायत विज्ञान तथा प्रविधि क्षेत्रमा ठुलो योगदान पुर्याएको उल्लेख गर्नुभयो । मन्तव्यकै क्रममा केन्द्रीय प्रविधि क्याम्पसका संचालक समितिका अध्यक्ष तथा पुर्व क्याम्पस प्रमुख प्रा.डा. धन वहादुर कार्कीज्यूले आफ्नो धारणा राख्नुहुदै  विश्वविद्यालयको स्वयत्तता प्राप्त गरेपछि यस क्याम्पसले विभिन्न नयाँ भौतिक संरचना  तथा शैक्षिक कार्यक्रमहरु थप गर्नलाई सफलता मिलेको र विश्वविद्यालयकै सर्वोकृष्ठ क्याम्पसको रुपमा स्थापित समेत भएको क्याम्पसको स्वर्ण जयन्ती महोत्सव समारोहमा उपस्थित भएर बोल्न पा“उदा अत्यन्तै गौरवान्वित भएको महसुस भएको कुरा व्यक्त गर्नुभयो । कार्यक्रममा कर्मचारी सङ्घका सभापति महेश कोइरालाज्यूले आफ्नो धारणा राख्ने क्रममा क्याम्पलाई यस स्थान सम्म ल्याउन कर्मचारीहरुको महत्वपूर्र्ण योगदान रहेको र आगमि दिनमा समेत अझै ससक्त भएर लाग्ने कुरा व्यक्त गर्नुभयो । मन्तव्यकै क्रममा स्ववियु सभापति अभिनव गुरागांईले क्याम्पसका रचनात्मक कार्यमा सधै हातेमालो र सहयोग गर्ने तथा नकारात्मक कार्यहरुलाई निरुत्साहित गर्न लागि पर्ने कुरा व्यक्त गर्नु भयो । त्यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दे धरान उपमहानगरपालिका वडा न. १४ का वडाध्यक्ष कृष्ण भट्टराई ज्यूले यो क्याम्पस धरानकै गहना भएको र उच्चतम प्रगतिका साथमा स्वर्ण जयन्ती महोत्सव समारोहमा सहभागी हुन पाउदा धेरै खुसी लागेको कुरा बताउनु भयो । उहा“ले बेला बखत यस क्याम्पसलाई सहयोग गर्दै आएको र आगामी दिनमा समेत अझै सहयोग गर्ने कुरा पनि बताउनु भयो । कार्यक्रममा प्राध्यापक सङ्घका उपाध्यक्ष सञ्जु पराजुलीज्यूले पनि मनतव्य राख्नु भएको थियो ।

कार्यक्रमको वीचवीचमा केन्द्रीय प्रविधि क्याम्पसमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरु द्घारा मनोरञ्जनात्मक र आकर्षक नृत्यहरु प्रस्तुत गरी स्वर्ण जयन्ती महोत्सवसमारोह कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
कार्यक्रमकै क्रममा स्वर्ण जयन्ती महोत्सव सप्ताहमा उत्कृष्ठ खेल प्रस्तुत गर्ने केन्द्रीय प्रविधि क्याम्पसका विद्यार्थी भाइबहिनीहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । त्यसै गरी प्रमुख अतिथि ,विशेष अतिथि लगायत अतिथिहरुलाई मायाको चिनो क्याम्पस प्रमुख डा. दिल कुमार लिम्बू , क्याम्पस संचालक समिति अध्यक्ष तथा पुर्व क्याम्पस प्रमुख प्रा.डा. धन वहादुर कार्की र सहायक क्याम्पस प्रमुख सह.प्रा. वविता अधिकारीज्यूले ज्यूले वितरण गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा यस क्याम्पसबाट अवकास प्राप्त शिक्षक तथा कर्मचारीहरुलाई सम्मान पत्र तथा  कार्यरत, शिक्षक, कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । 


केन्द्रीय प्रविधि क्याम्पस २१ औं संचालकसमिति बैठक र बजेट नीति तथा कार्यक्रम पारित
मिति २०७९ आश्विन २ गते आइतबार केन्द्रीय प्रविधि क्याम्पस २१ औं संचालक समितिको बैठक बसी २०७९।८० को वार्षिक नीति तथा बजेट पारित गरेको छ । बैठकको अध्यक्षता संचालक समितिका अध्यक्षप्रा.डा. धन वहादुर कार्कीज्यूले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन क्याम्पस प्रमुख एवम् संचालक समितिका सदस्य सचिव डा. दिल कुमार लिम्वुज्यूले गर्नुभएको थियो । बैठकको सुरुवातमा सम्पूर्र्ण संचालक समिति सदस्यहरु र आमन्त्रित सदस्यहरुको परिचयबाट भएको थियो । 
डा. दिल कुमार लिम्बूज्यूले गर्नुभएको अघिल्लो वर्र्षको कार्यक्रमको समिक्षा तथा २०७९।२०८० का लागि नीति तथा कार्यक्रमहरु सहायक क्याम्पस प्रमुख सह.प्रा.बविता अधिकारीज्यूले वाचन गर्नु भएको थियो । उक्त नीति तथा कार्यक्रममा निम्न अनुसार मुख्य बुदाहरु केन्द्रीत थिए ।

  •  शैक्षिक तथा प्रशासनिक कार्यक्रम बिस्तार तथा गुणस्तर अभिवृद्घि
  •  क्याम्पसको भौतिक संरचना निर्माण
  • क्याम्पसको भौतिक संरचनाको विस्तार तथा संरक्षण
  •  क्याम्पसको भौतिक संरचना र अन्य समानहरुको मर्मत
  • फर्निचर व्यवस्थापन
  • संस्थागत सम्बन्ध विस्तार
  • आय आर्जनका विविध कार्यहरु संञ्चालन
  •  शिक्षक तथा कर्मचारीहरुको क्षमता अभिवृद्घि
  • क्याम्पसका गतिविधिहरुको प्रचार प्रसार

त्यसै गरी क्याम्पसको २०७९÷२०८० को वार्षिक आयव्यय बजेट क्याम्पसका लेखा प्रमुख आर्थिक उपनियन्त्रक सुरेस सुवेदीज्यूले वाचन गर्नु भएको थियो । बजेट वाचनका क्रममा क्याम्पसको निम्न शीर्षकहरुमा निम्न बमोजिम खर्चहुने कुरा आर्थिक उपनियन्त्रकज्यू बाट उल्लेख गर्नु भयो । बजेट शीर्षक यसप्रकार रहेको थियो ।
प“ुजिगत खर्च जम्मा    १३,०५०,०००
संचालन खर्च    १३५,१४०,०८५।८०
कुल जम्मा    १४८,१९०,०८५।८०
जसमा प“ुजिगत तर्फ ८.०९ प्रतिशत र संचालन तर्फ ९१.९१ प्रतिशत

अबकास प्राप्त ५ कर्मचारीहरुको सामूहिक विदाई
केन्द्रीय प्रविधि क्याम्पसमा लामो समय सेवा गरेर अबकास हुुनु भएका पाँचजना कर्मचारीहरुलाई २०७९।०९।१६ गते त्रि.वि.कर्मचारी सङ्घ इकाई समिति केन्द्रीय प्रविधि क्याम्पसले वनभोजको आयोजना गरी औपचारिक रुपमा विदाई गरिएको छ । आंैपचारिक कार्यक्रमको सभापतित्व  सङ्घका सभापति महेश कोइरालाज्यू तथा कार्यक्रम संञ्चालन  सचिव साकार पोखरेलज्यूले गर्नु भएको थियो । कार्यक्रमको पं्रमुख अतिथि क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा पुर्व क्याम्पस प्रमुख प्रा.डा. धनवहादुर कार्की, विशेष अतिथि क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बूज्यूले गर्नु भएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख वविता अधिकारी, खाद्य प्रविधि केन्द्रीय विभाग प्रमुख प्रा.बसन्त कुमार राई, विद्यार्थी कल्याण प्रमुख मनोज खनाल तथा सम्पूर्र्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरुले उहाँहरुले क्याम्पसमा पु¥याएको योगदानको चर्चा तथा सेवा निवृत जीवन सुखमय र शुस्वास्थ्यको कामना गर्नु भएको थियो । 
अवकास प्राप्त कर्मचारीहरुमा :
१.हिरामणी बस्नेत              मूख्य कार्यलय सहायक
२.टंक बहादुर कार्की         हेड चौकीदार
३.इन्द्र मगर                      कार्यालय सहयोगी
४.सुर्य नारायण श्रेष्ठ            कार्यालय सहयोगी
५.सुरेश भुजेल                 कार्यालय सहयोगी

स्वतन्त्र विद्यार्थी युनियनको  निर्वाचन
केन्द्रीय प्रविधि क्याम्पस धरानले २०७९चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको  निर्वाचन शान्तिपूर्र्ण र सौहार्दपूर्र्ण वातावरणमा सम्पन्न गरेको छ । प्रा.बसन्त कुमार राईज्यूको  संयोजकत्वमा ७ सदस्यीय कमिटि गठन गरी निर्वाचन शान्तिपूर्र्ण र सौहार्दपूर्र्ण वातावरणमा सम्पन्न गरेको थियो । निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ , अनेरास्ववियु,अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियू गरी जम्मा ४ विद्यार्थी संगठनले भाग लिएका थिए । नेपाल विद्यार्थी सङ्घ   र अनेरास्ववियु (क्रान्तिकारी)ले गठबन्धन गरि निर्वाचनमा भाग लिएका थिए । मत परिणाम अनुसार नेपाल विद्यार्थी सङ्घ   र अनेरास्ववियु (क्रान्तिकारी)को गठबन्धन  प्यानल नै विजयी भएको थियो । त्यसै गरी समानुपातिक तर्फबाट निम्न अनुसार मत परिणाम प्राप्त भएको थियो । जम्मा १०७८ मतदाता मध्ये ८६८ मतदाताले मतदान गरेका थिए  । जसको प्रतिशतमा ८०.५२ आउछ जसमा महिला ४५०, तथा पुरुष ४१८ ले मतदान कार्यमा भाग लिएका थिए ।
समानुपातिक तर्फ निम्न अनुसार मतदान भएको थियो ।
१. नेपाल विद्यार्थी सङ्घ                ४१६
२. अनेरास्ववियु क्रान्तिकारी        ११५
३. अनेरास्ववियू                        ७६
४. अनेरास्ववियु                        २४४
त्यसै गरी निर्वाचनलाई शान्तिपूर्र्ण र सौहार्दपूर्र्ण वातावरणमा सम्पन्न गर्न आचारसंहिता अनुगमन तथा समन्बय समिति सहायक क्याम्पस प्रमुख सह.प्रा. वविता अधिकारीज्यूको संयोजकत्वमा ७ सदस्यीय कमिटि गठन गरिएको थियो । नव  निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका निम्न बमोजिम पदाधीकारी तथा सदस्यहरुलाई पदस्थापन  तथा सपथग्रहण कार्यक्रमको आयोजना गरी निर्वाचित घोषणा गरिएको थियो ।

सि.नं.

उमेद्घवारको नाम

पद

अभिनव  गुरागाईं

सभापति

अनिष श्रेष्ठ

उपसभापति

भगवान थापा

सचिव

सिमा आले मगर

कोषध्यक्ष

पुरन थक्कुला

सहसचिब

हुकुम भुजेल 

सदस्य

वर्ष गुरुङ

सदस्य

सृजल भट्टराई

सदस्य

विप्सन मुखिय

सदस्य

१०

उत्सव पोखरेल

सदस्य

११

तुजिन राई

सदस्य

१२

सविन घिमिरे

सदस्य

१३

छायोसंग लाप्चा

सदस्य

१४

सौगात गिरि

सदस्य

१५

रबि ठाकुर

सदस्य

१८

कौसल राज कार्की 

-उज्वल_

सदस्य

१७

सागर सिवाकोटी -बिशु_

सदस्य

१८\

निशान थापा

सदस्य

१९

एलिस बिष्ट

सदस्य

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्विरमा स्वतन्त्र विद्यार्थी युनियनको  निर्वाचन घोषणा पश्चात नवनिर्बाचित पदाधिकारी तथा सदस्यहरु,निर्बाचन समिति सदस्यहरु तथा आचारसंहिता अनुगमन तथा समन्वय समिति  सदस्यहरु

केन्द्रीय प्रविधि क्याम्पस गुणस्तर सुनिस्चितता प्राप्त गर्ने तयारीमा
 (Quality Assurance and Accreditation, QAA)
२०७७ को असार महिनातिर गुणस्तर सुनिश्चितता तथा प्रमाणीकरण विभाग QAAD मा पठाइयो । विभागका नवीना चौँलागाईंज्यूबाट समीक्षा भएर आएको प्रतिक्रिया र पृष्ठपोषण अनुसार फेरि दोस्रो खेस्रा (विद्युतीय संस्करण) संशोधन गरी २०७७ साल पौष १६ गते पुनः समीक्षाको लागि QAAD पठाइयो । श्री गोपाल आचार्यज्यूबाट दोस्रो पटक समीक्षा भई आएको खेस्रा प्रतिवेदन उपरको प्रतिक्रिया र पृष्ठपोषण अनुसार फेरि तेस्रो संशोधित खेस्रा (विद्युतीय संस्करण) QAAD पठाइयो । यसरी स्वअध्ययन प्रतिवेदन तीन पटकसम्म संशोधन गरेपछि मात्र स्थलगत समकक्ष–समीक्षा (Peer Review) को लागि पारित भयो । कोरोना महामारीको कारण समकक्ष–समीक्षा (Peer Review Team, PRT) स्थलगत निरीक्षणको लागि आउने कार्यक्रम अनिश्चित जस्तो देखिए तापनि अन्तत्वगोत्वा समकक्ष–समीक्षापूर्व हुनुपर्ने तयारी–भ्रमण २०७८ को फागुन १० मा जु¥यो । भ्रमण टोलीलाई हाम्रो आफ्नो तयारीबारे प्रस्तुतीकरण दिनुका साथै स्थलगत भ्रमण पनि गराउनुपर्ने रहेछ, सो पूर्ण तयारीका साथ पुरा ग¥यौँ । हाम्रो प्रगति र मेहनतबाट निरीक्षण टोली निकै प्रभावित भएकोमा हामी पनि दङगै प¥यौँ । निरीक्षण टोलीले केन्द्रीय प्रविधि क्याम्पस, धरान  सरोकारवाला (शिक्षक, कर्मचारी, क्याम्पस सञ्चालक समितिका सदस्य र विद्यार्थीका अभिभावकहरूसित पनि छुट्टा–छुट्टै अन्तरक्रिया ग¥यो । यसरी दुई दिनको दौडधुप पछि निरीक्षण टोलीले आफ्नो अध्ययन प्रतिवेदन तयारी ग¥यो । अब क्याम्पसले थप के के सुधारहरू गर्नुपर्ने हो, त्यसबारे स्वाध्ययन टोलीसित अन्तिम छलफल गरी प्रतिवेदनमा हस्ताक्षर भयो । परिमार्जन सहितको स्वाअध्ययन प्रतिवेदन  बुझाई सकिएको र सम्भवतः ‘अन्तिम समिक्षक–समीक्षा’ टोली भ्रमणका लागि दिन तय गरिरहेको आकलन गर्न सकिन्छ । अन्तिम समिकक्ष– समीक्षाका लागि स्थलगत निरीक्षण कार्यक्रम चाँडै टुङ्गो लाग्नेछ र केन्द्रीय प्रविधि क्याम्पसलाई PRT ले गुणस्तर सुनिश्चितताको लागि QAAD सिफारिस गर्नेछ ।
क्याम्पसको विवरण सम्बन्धी उनन्तीस र आठवटा मापदण्ड अनुसारको १२० प्रश्नहरूको एक–एक गरी उत्तर÷प्रतिक्रिया तयार गर्न १० भोल्युममा तयार गरिएको थियो । उक्त स्वाध्ययन टोलीका संयोजक प्रा. वसन्त कुमार राईले गर्नुभएको थियो ।

१ दिने अधिगोष्ठी २०८० बैसाख २१
Climate Change And Its Impact

केन्द्रीय प्रविधि क्याम्पस धरानले वातावरण परिवर्तन र यसको प्रभाव  (Climate Change And Its Impact )  विषयक शीर्षकमा १ दिने अधिगोष्ठी (Seminar)को आयोजना गरी सम्पन्न गरेकोको छ । उक्त गोष्ठी भुगर्भ शास्त्रका शिक्षक डा.ललित कुमार राईको संयोजकत्वमा ५ सदस्य समिति गठन गरी सो समिति मार्फत सम्पन्न भएको थियो । उक्त समिति यस प्रकार रहेको थियो ।
संयोजक          डा. ललित कुमार राई
सदस्य             उप.प्रा सावित्रा श्रेष्ठ
सदस्य             उप.प्रा. देवेन्द्र राई
सदस्य            उप.प्रा कामना बान्तवा राई
सदस्य             शि.स. धिरेन सुव्वा
उक्त कार्यक्रममा ९ वटा अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत भएका थिए भने कार्यक्रमको विशेष प्रस्तुती सह.प्रा. डा.नारायणराज भट्टराईले अनुसन्धानमुलक रेविज भाइरस सम्बन्धी जानकारी प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम संचालन शुक्ष्म जीव विज्ञान विभागका प्रमुख उप.प्रा. कामना बान्तवा ज्यूले गर्नु भएको थियो । सो कार्यक्रको स्वागत मन्तव्य उप.प्रा. देवेन्द्र राईज्यूले गर्नु भएको थियो । कार्यपत्र निम्नअनुसारका शिक्षकहरु तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले गर्नु भएको थियो । 

 

S.N

Name of Paper presenter

Title

1

Dhiren Subba Limbu

Role of stray dogs in VL transmission in slum areas of Dharan

2

Sandesh Dahal

A geological study of the Siwalik group of the Chatra-Barahakshetra area Sunsari District, Eastern Nepal

3

Drona Adhikari

Lithostratigraphy and geological structures of the Barahakshetra Dummana area ,Eastern Nepal

4

Nabina Magrati

Altitudinal accession of species due to Global warming

5

Dr. Lalit Kumar Rai

Causes and effect of Miocene climate change in Eastern Nepal

6

Anisha Shrestha

A Geological study of Dharan-Mulghat area, Dharan and Sunsari District of Eastern Nepal

7

Shiv Nandan Sah

Role of climate change in the development of antimicrobial resistance

8

Chandra Kala Karki

A geological study of the lesser Himalayan sequence of the Tribeni-Dharan –Dhankuta Area,Eastern Nepal

9

Sabitri Shrestha

Over view of mycorrhizal Associations and its response to climate change

कार्यक्रमको अन्त्यमा संयोजक डा.ललित कुमार राईज्यूबाट धन्यबाद ज्ञापनका साथ समापन गर्नु भएको थियो । कार्यक्रमको सम्पूर्ण खर्च सहभागी लगायत कार्यक्रममा उपस्थितहरुबाट उठाएर संचालन गरिएको थियो । 

कर्मचारीहरुको तालिम केन्द्रीय प्रविधि क्याम्पस धरानमा सम्पन्न भएको छ । 
त्रिभुवन विश्वविद्यालय जनशक्ति कल्याण  परिषद समन्वय महाशाखाद्धारा आयोजित वागमती प्रदेशका चितवन, मकवानपुर जिल्ला एवम् मधेस प्रदेश र कोशी प्रदेशका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पस तथा कार्यालयहरुमा स्थायी सेवामा कार्यरत मुख्य कार्यालय सहायक,कार्यालय सहायक कर्मचारीहरुको ८ दिने सेवा कालिन तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । तालिम २०८० जेठ १० देखि १८ सम्म सञ्चालन भएको थियो । 

त्रिवि सेवामा कार्यरत कर्मचारीहरुलाई थप प्रोत्साहित गर्ने, जिम्मेवार र उत्तरदायी बनाउने र समयानुकुल दक्ष र प्रभावकारी बनाई संस्थागत हित अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिमको उद्घाटन केन्द्रीय प्रविधि क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख एवम् क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा धनबहादुर कार्कीले गर्नुभएको थियो । तालिमको उद्घाटन समरोहमा संक्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै पूर्व क्याम्पस प्रमुख प्रा.डा कार्कीले विश्वविद्यालयको समग्र विकास र प्राज्ञिक उन्नयनका लागि प्राध्यापक,कर्मचारी र विद्यार्थीहरुको सकरात्मक योगदान हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उहाँले कुनैपनि मुलुकको विकासका लागी शिक्षाको विकास अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै भन्नु भयो कुनै देश ध्वस्त पार्नु छ भने त्यो देशको शिक्षा प्रणालीलाई समाप्त पारे पुग्छ । सूचना प्रविधिको प्रयोगलाई जोड दिदै नविनतम ज्ञानलाई सिक्दै आफूलाई निरन्तर अद्यवधिक गर्न तालिम सहयोगी हुने साथै सेवा प्रवाहमा समेत तालिमले सकरात्मक योगदान गर्न सक्ने उहाको धारणा रहेको थियो । त्रिवि समन्वय महाशखालाई कर्मचारीको मात्रै नभई शिक्षकहरुको समेत तालिमको प्रायोजन गर्न अनुरोध गर्दै उहाँले तालिमले कर्मचारी मार्फत समग्र संस्थाको गुणस्तर अभिवृद्धि  हुने अपेक्षा समेत व्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा केन्द्रीय प्रविधि क्याम्पसका क्याम्पस प्रमुख डा. दिल कुमार लिम्वुले कर्मचारीलाई विषय विज्ञहरुबाट धेरै विषयका वारेमा जानकार भई कार्य क्षमताको अभिवृद्धी गर्न अनुरोध गर्नुभएको थियो । साथै कार्यक्रको आयोजना केन्द्रीय प्रविधि क्याम्पस धरानमै गर्नु भएकोमा आयोजक जनशक्ति कल्याण  परिषद समन्वय महाशाखालाई धन्यवाद समेत दिनुभएको थियो । महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख दामोदर भण्डारीले तालिममा करारका कर्मचारीहरुलाई समेत समेटन समन्वय महाशाखालाई अनुरोध गर्नुभएको थियो  । उहाँले कोभिड १९ पछि त्रिभुवन विश्वविद्यालयको समग्र प्रशासनिक शैली र विधिमा प्रविधिको प्रयोगलाई जोड दिइरहेकोले कर्मचारीहरुमा सूचना प्रविधिको ज्ञान अभिवृद्धि गर्न समेत अनुरोध गर्नुभएको थियो । विश्वविद्यालयले अनिवार्य विद्युतिय हाजिरी, केन्द्रीकृत वेवसाइट विकास र एकिकृत कार्यालय संचालन प्रणाली अवलम्वन गरिसकेको भन्दै सहभागी सबै कर्मचारीहरुलाई उत्साहित भएर तालिममा सहभागी हुन अनुरोध गर्नुभएको थियो । करारका कर्मचारीहरुले विश्वविद्यालय धान्नुपर्ने अवस्था भएकोले सवै प्रकार कर्मचारीहरुमा उत्साह सिर्जना गर्न केन्द्रीय प्रशासनले कार्यक्रमहरु निर्माण गर्नुपर्ने उहाँको भनाई रहेको थियो । 

तालिमको उद्घाटन कार्यक्रममा समन्वय महाशाखाका निमित्त प्रमुख दिपक तिवारीले समन्वय महाशखाले सवै प्रकारका कर्मचारीहरुलाई तालिममा सहभागी गराउन तालिमको पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको थियो । उहाँले कर्मचारीहरुलाई थप क्रियाशिल बनाउने, भएका कर्मचारीहरुलाई प्रविधिसँग आवद्ध गरी अधिकतम सेवा लिने, कर्मचारीको मनोवल उच्च राखी नियमित रुपमा उहाँहरुलाई अद्यावधिक गर्ने दृष्टिकोणकै कारण आफुहरु प्रयत्नशिल रहेको बताउनुभयो । कर्मचारीहरुलाई श्रोत व्याक्तिहरु निरन्तर अन्तरक्रिया गर्न अनुरोध गर्दै सञ्चार र प्रविधिलाई माध्यमको रुपमा लिएर कर्मचारीहरुले आफूलाई निरन्तर विस्तारीत गर्दै अघि वढनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा केन्द्रीय प्रविधि क्याम्पस धरानका सहायक क्याम्पस प्रमुख एवम् तालिम सह संयोजक वविता अधिकारी, त्रि.वि. प्राध्यापक सङ्घ, केन्द्रीय प्रविधि क्याम्पसका उपाध्यक्ष सन्जु पराजुली, त्रिवि कर्मचारी सङ्घ  केन्द्रीय समितिका उपाध्यक्ष पुष्कर खनाल, त्रि.वि. कर्मचारी सङ्घ, केन्द्रीय प्रविधि क्याम्पसका सभापति महेश कोइराला, केन्द्रीय प्रविधि क्याम्पस स्ववियु सभापति अभिनभ गुरागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

तालिम समापन समारोह
मिति २०८०।२।१० गतेदेखि ८ दिन सम्म संञ्चालित बागमति प्रदेशका चितवन, मकवानपुर, एवं मदेश र कोशी प्रदेशका त्रि.वि. अन्तर्गतका विभिन्न आङ्गीक क्याम्पसहरुमा स्थायी रुपमा कार्यरत मुख्य कार्यालय सहायक तथा कार्यालय सहायकहरुको सेवाकालिन तालिमको समापन २०८०।०२।१८ मा गरियो । उक्त औपचारिक समापन कार्यक्रमको अध्यक्षतता शिक्षा समन्वय माहाशाखाका प्रमुख दिपक तिवरीज्यूले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि त्रि.वि. का रजिष्ट्रार प्रा.डा. पेशल दाहालले गर्नुभएको थियो । समापन कार्यक्रमका अन्य अतिथिहरुमा क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा धनबहादुर कार्की, केन्द्रीय प्रविधि क्याम्पसका क्याम्पस प्रमुख डा. दिल कुमार लिम्वु, सहायक क्याम्पस प्रमुख एवम् तालिम सह संयोजक वविता अधिकारी, त्रि.वि कर्मचारी सङ्घ केन्द्रीय कमिटिका सभापति छत्र वहादुर कार्की, त्रि.वि. सूचना महाशाखा प्रमुख योगेन्द्र दाहाल, धनकुटा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.होम वहादुर वस्नेत, त्रि.वि रजिष्टा«र कार्यालयका प्रमुख नविन्द्र राज भण्डारी आदिको उपस्थिति थियो । तालिममा सहभागी कर्मचारीहरु संग अन्तरक्रियात्मक जिज्ञासाहरुलाई रजिष्ट्रारज्यूबाट सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय प्रविधि क्याम्पस धरानका सहायक क्याम्पस प्रमुख एवम् तालिम सह संयोजक वविता अधिकारीज्यूले स्वागत मन्तव्य दिनु भएको थियो । स्वागत मनतव्यकै क्रममा यस्ता क्षमता अभिवृद्घि सेवाकालिन तालिमले काममा पारंगत हुने तथा कर्मचारीहरुमा समेत कार्य गर्न सहजता हुने बताउनु भयो । त्यसै गरी तालिममा सहभागी मध्येबाट राजविराज क्याम्पसका मु.का.स. श्री रवि रायज्यू बाट आफुले १ हप्तामा हासिल गरेका ज्ञान र सीपको प्रयोग लाई आफ्नो कार्यस्थलमा लगाउन महत्वपूर्र्ण उपलव्धि भएको धारणा व्यक्त गर्नु भयो । त्यसै गरी त्रि.वि. कर्मचारी सङ्घका  सभापति छत्र वहादुर कार्कीज्यूले पनि आफ्नो धारणा राख्ने क्रममा त्रि.वि.का सम्पूर्र्ण सेवालाई तालिमको आवश्यकता भएको र यो तालिमले सेवामा कार्यरत कर्मचारीहरुलाई आफ्नो काममा सहजता पारदर्शिता आउने कुरा व्यक्त गर्नुभयो । अन्त्यमा तालिममा सहभागी कर्मचारीहरुलाई श्रीमान् रजिष्ट्रारज्यू लगायत सम्पूर्र्ण अतिथिज्यूबाट सम्मान पत्र वितरण गर्नु भएको थियो ।

क्याम्पसमा रहेका विभिन्न प्रयोगशाला तथा यसले पुरयाउन सक्ने क्षमता

 
१.आइसक्रिम प्लान्ट : क्याम्पसले १००० लिटर संम्म गुणस्तरिय आइसक्रिम उत्पादन गर्न सकिने मेसिनको व्यवस्था गरिएको जानकारी उप.प्रा. राम सोभित यादव तथा प्रयोगशाला सहायक सचिन वस्नेतज्यूले बताउनु भयो ।


२. PCR Machine:  कोरोना माहामारीको  वढ्दो हाहाकार संगै क्याम्पसले कोरोना टेष्ट गर्न सक्ने एऋच् ःबअजष्लभ को व्यवस्था गरेको छ |

३. खानेपानी गुणस्तर चेकजांच : क्याम्पसले स्थानिय नगर तथा अन्य विभिन्न ठाउहरुको खानेपानीको गुणस्तर परिक्षण सेवा समेत उपलव्ध गराई रहेको छ ।

४. सुरक्षित मासू बधशालाः क्याम्पसले स्थानिय नगर तथा अन्य विभिन्न ठा“उहरुको  गुणस्तर मासुको लागि  परामर्श तथा तालिमको समेत सेवा प्रबाह गरिरहेको छ ।

प्रा.डा.दिल कुमार लिम्बू
क्याम्पस प्रमुख

क्याम्पसको स्थापना देखि वर्तमान सम्म
(मैले देखेको केन्द्रीय प्रविधि क्याम्पस : विगत देखि वर्तमान सम्म)


परिचय
व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थानको रुपमा केन्द्रीय प्रविधि क्याम्पस धरानको स्थापना वि.सं. २०३० साल श्रावण १ गते भएको हो । जानकारी अनुसार यस अध्ययन संस्थानको  पहिलो डिन स्व. प्रा. डा. परासर नारायण सुवाल हुनुहुन्थ्यो । यस अध्ययन संस्थानको सुरुवात  खाद्य प्रविधि र प्रयोगशाला प्रविधिको इन्टरमेडियट लेभलको अध्यायन अध्यापनबाट भएको थियो । वि.सं. २०३४ सालबाट खाद्य प्रविधि र प्रयोगशाला प्रविधिको इन्टरमेडियट लेभल खारेज गरि वि.सं. २०३५ सालबाट  I.Sc. को पढाई शुरुवात भयो । २०३६ साल देखि ४ वर्षे B.Tech (Food) कार्यक्रम शुरू भयो । अहिले केन्द्रीय प्रविधि क्याम्पस धरानमा B.Tech, BND, B.Sc. Biological group and physical group, BIT / B.Sc. (Microbiology), M.Tech (Food) तथा PhD तहको पढाई हुन्छ ।

मेरो अनुभव
हामीले पढेको समयमा वि.सं. २०४२ ताका अहिलेको ड्राई पाइलट प्लान्ट, वेट पाइलट प्लान्ट, ल्याब विल्डिङ, प्रशासन विल्डिङ र एक तले लाइब्रेरी विल्डिङ मात्र थियो । त्यस बेला एसेम्ली हल, रुम नं. आठ, नौ र पुरानो माइक्रोबायोलोजी को ल्याव  भएको कोठा मात्र थियो । अहिलेको न्यु हल र फिजिओलोजी ल्यावमा घर को प्लिथ लेभल उठाएर छोडेको थियो । महिला छात्रावास थिएन, त्यहाँ काठले बारेको कोठामा टेबल टेनिसको बोर्ड राखेको थियो । केटाहरुको छात्रावास भुई समेत काठले छापेको काठको थियो । अहिले भएको रजत स्तम्भ भएको ठाउँमा २ तले ढुङ्गा माटोको घर थियो । त्यस भवनलाई विद्यार्थीहरु होस्टलको रुपमा प्रयोग गर्दथे ।  खेल्ने मैदान थिएन, हात्ती पार्क थिएन, सरस्वती मन्दिर थिएन र प्रशासन बिल्डिङमा ६ वटा  कोठा मात्र थिए । बर्षादको समयमा बाटोहरु हिलाम्मे हुन्थिए । अहिले म्युजियम भएको ठाउँमा लाइब्रेरी थियो । Meat Pilot plant, Dairy pilot plant, Elephant park, Nutrition building, Girls hostel, New boys hostel, Basketball court, Football ground हरु केहि बनेका  थिएनन् ।