स्व. प्रा.डा. परासर नारायण सुवाल स्मृतीउद्यान उत्घाटन तथा अनाबरण कार्यक्रम

स्व. प्रा.डा. परासर नारायण सुवाल स्मृतीउद्यान उत्घाटन तथा अनाबरण कार्यक्रम

2024-02-14 / 2024-02-14T23:59:00
Central Campus of Technology
Central Campus of Technology

सरस्वती पूजाको अवसर पारेर केन्द्रीय प्रविधि क्याम्पस प्रशासन रहेको उत्तर पट्टी पानीको फोहोरा सहितको सुन्दर पोखरी र त्यसमा हात्तीको पुर्ण कदको प्रतिमा अगाडीको दूइ वटा खुटा माथि उठाइएको र पोखरीको पानी भित्र डलफिन माछा तथा फूलका प्रतिमाहरु जस बाट पानीका फोहोरा निस्किने तथा वास्तविक रङ्गी विरङ्गी माछाहरु पौडिरहेका देख्न सकिने साथसाथै वरी परी विभिन्न रङ्गका सूघन्धीत फूलहरुले सजिसजाउ आर्कसक जो कोही आफ्नो थकित मनलाई भुलाउनको निम्ती उपयुत्त रमणीय, आनन्दीत र सौन्दर्यले भरीपुर्ण वातावरण भएको स्थान जहाँ भित्र सामुहिक छलफल गर्न मिल्ने तथा युगलहरुको लागि र आफ्नो पढाईको लागि मनलाई एकिकृत पार्न विभिन्न रङ्गका माछाहरु खेलिरहेको मनोरम दृष्य भएको उद्यान तत्कालिन क्याम्पस प्रमुख प्रा.डा.धन वहादुर कार्की तथा सहायक क्याम्पस प्रमुख  दिल कुमार लिम्बू जसले एउटा विसुद्घ अध्ययन अनुसन्धान र खोज तथा नया ज्ञानको उत्पती गर्ने थलो भएकोे क्याम्पस र अध्ययन अनुसन्धानमा व्यतित व्यक्तित्वहरुको थकित मनस्थितीलाई पुनस्थापना गरी अध्ययन तथा अनुसन्धानमा थप मजबुत गर्ने उदेश्यले उत्त उद्यानको निर्माण गराउनु भएको थियो । उत्त उद्यानको नामाकरण गर्ने विषयमा क्याम्पस प्रमुख डा. दिल कुमार लिम्बूज्यू बाट व्यापक छलफल तथा अन्तरक्रृया  र क्याम्सका ऐतिहाँसिक दस्तावेजहरुको अध्ययन गरी केन्द्रीय प्रविधि क्याम्पसलाई हालको अवस्था सम्म ल्याउनको निम्ती आधार तयार गर्नुहुने आदरर्णीय ऐतिहाँसिक व्यक्तित्व स्व. प्रा.डा. पराशर नारायण सुवाल पुर्व व्यवहारिक  अध्ययन संस्थानका डीन,त्रिभुवन विश्वविद्यालय स्थापना कालको सदश्य सचिव पुर्व प्रथम  रजिष्ट्रार, नेपालको पहिलो पि.एच.डी. जसले धरान १४ स्थित  हात्तीसारलाई प्रविधि अध्ययन संस्थानको रुपमा छनोट गरी क्याम्पसको नाममा २०औ विगाहा जग्गा उपलव्ध गराउन सफल हुनुभएको थियो । उहाको स्मृतीमा उहाको नाम राख्ने निर्णय भयो र क्याम्पस प्रमुख डा. दिल कुमार लिम्बूज्यू बाट उहाँको परिवार छोराछोरीहरु सँग छलफल गर्नु भएको थियो । परिवारिक छलफल बाट स्व. प्रा.डा. पराशर नारायण सुवालको अर्धकधको प्रतिमा र रु ५००००० अक्षरेपी रु.पाँच लाख सहयोग गर्ने प्रतिवद्घता भएको थियो । उत्त उद्यानमा बस्ने आराम चेयरहरुको लागि क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीज्यूहरु बाट इच्छुकहरुले   आफ्ना माता पिताको नाममा १वटा फलामको आरामचेयर उपलव्ध गराउनु भएको थियो । उत्त उद्यानको अन्तिम अवस्थाको निर्माणकार्य रेखदेख प्रा.बसन्तकुमार राईज्यूले गर्नु भएको थियो ।

उद्यानको सम्पुर्ण कार्य पुराभएपछि स्व. प्रा.डा. पराशर नारायण सुवालका परिवार बाट सरस्वती पूजाको अवसर पारेर उत्त उद्यानको उत्घाटन तथा अनावरण गर्ने निर्णय भयो । सरस्वती पूजाको दिन उहाँका आफन्त छोरा बुहारीहरु विजेन्द्र सुवाल र धर्मपत्नी रहिता ,राजेन्द्र र धर्मपत्नी शर्मिला, छोरी ज्वाइ प्रमिता डङ्गोल र विष्णु दास, प्रलिता थापा र पुर्व उप प्रधानमन्त्री कमल थापा र कान्छी छोरी ज्वाइ ज्योतिला सुवाल र दिनेश सुवालहरुको उपस्थिती तथा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र्र विक्रम बेघाज्यूको प्रमुख आतिथ्यतामा स्व. प्रा.डा. परासर नारायण सुवाल स्मृती उद्यान उत्घाटन तथा अनावरण गरिएको थियो । उत्त औपचारिक कार्यक्रम सहायक क्याम्पस प्रमुख उप.प्रा.कामना वान्तवाज्यूले संचालन गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व क्याम्पस प्रमुख डा. दिल कुमार लिम्बूज्यूले गर्नु भएको थियो ।  कार्यक्रममा सहायक क्याम्पस प्रमुख सह.प्रा. वविता अधिकारी,खाद्यप्रविधि केन्द्रीय विभागका विभागिय प्रमुख तथा कार्यसमिति सदश्य क्याम्पसको हालको एकमात्र प्राध्यापक बसन्त कुमार राई, विद्यार्थी कल्याण प्रमुख उप.प्रा. राम सोभित यादव । कर्मचारी प्रशासन प्रमुख नविन कुमार श्रेष्ठ, उप.लेखानियन्त्रक लेखा प्रमुख सुरेस सुबेदी,कर्मचारी संघ केन्द्रीय प्रविधि क्याम्पसका इकाइ सभापति महेश कोइराला, स्ववियू सभापति र सचिव अविनभ गुरागाई र भगवान थापा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । औपचरिक कार्यक्रम उत्घाटन गर्ने क्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथी अइन्द्र्र विक्रम बेघाज्यूले राष्ट्रको लागि महत्पुर्ण योगदान भएको आरर्णीय व्यक्तित्वको स्मृती उद्यान तथा सालिक उत्घाटन तथा अनावरण गर्न पाउदा आफूलाई अहो भाग्यमान् महसुस भएको कुरा मनतव्य मार्फत व्यक्त गर्नुभयो । अतिथी वक्ताहरुले बोल्ने क्रममा स्व. प्रा.डा. परासर नारायण सुवालका माइला ज्वाइ पुर्व उप प्रधानमन्त्री कमल थापाज्यूले पनि उहाँले राष्ट्रकालागि गरेको योगदान र व्यक्तिगत स्वभाव अत्यन्तै मिलनसार भएको कुरा स्पस्ट गर्नु भयो । यसै क्रममा पुर्व कर्मचारी प्रशासन प्रमुख गोविन्द मान श्रेष्ठले समेत उहाँको योगदानको चर्चा गर्नु भएको थियो । अतिथी वक्ताको बोल्ने क्रममा सहायक क्याम्पस प्रमुख सह.प्रा. वविता अधिकारीज्यूले पनि हात्तीसारलाई प्रविधि अध्ययन संस्थानको रुपमा छनोट गरी क्याम्पसको नाममा २०औ विगाहा जग्गा उपलव्ध गराउनु भएकोलेनै आफू आज यस स्थानमा भएको कुरा व्यक्त गर्नु भयो । औपचारिक कार्यक्रमको अन्त्यमा समापन कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा. दिल कुमार लिम्बूज्यूले आफ्नो कार्यकालमा सधै स्मरणमा आउनु पर्ने राष्ट्रका लागि र विश्वद्यिालयका लागि महत्वपुर्ण योगदान भएको ऐतिहाँसिक व्यक्तित्वलाई सोकार्य विश्वविद्यायको दायित्वमा पर्नुपर्ने भएता पनि कसै बाट नभएकोले उहाँको सम्झना स्वरुप यो स्मृती उद्यानको नामाकरण भएको स्पस्ट पार्नु भयो । अन्त्यमा स्व. प्रा.डा. परासर नारायण सुवालका परिवारजन लगायत सबैमा धन्यबाद व्यक्त गर्नु भयो ।