सरस्वती पूजा-२०८०

सरस्वती पूजा-२०८०

2024-02-14 / 2024-02-14T23:59:00
Central Campus of Technology, Sraswati Temple
Central Campus of Technology

सरस्वती पूजा–२०८०
केन्द्रीय प्रविधि क्याम्पस धरानले २०८० सालको सरस्वती पूजा भव्य रुपमा सम्मपन्न गरेको छ । सरस्वती पूजा सम्पन्न गर्नको निम्ति सह. प्रा. श्रीपति चक्रपाणीज्यूको  संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो । उक्त समितिमा उप. प्रा. सञ्जु पराजुली, विद्यार्थी कल्याण प्रमुख उप.प्रा. राम सोभित यादव, शिक्षण सहायक सुष्मीता पौडेल र स्ववियु सभापति अभिनव गुरागाँई रहेका थिए । उक्त समितिको नेतृत्वमा क्याम्पस र छात्राबास परिसरमा रहेको सरस्वती मन्दिर वरिपरि सरसफाई, तोरण टाँग्ने, जग्गे बनाउने, सरसजावट ,प्रसाद तथा पुरोहितको व्यवस्थापन गरी पूजाको भव्यतयारी गरेको थियो । २०८० फाल्गुन २ गते क्याम्पसमा अध्ययन अध्यापन तथा कार्यरत शिक्षक कर्मचारी, विद्यार्थी र अविभावकज्यूहरु समेतको सहभागितामा सरस्वती पूजा भव्य रुपमा सम्पन्न भएको थियो । पूजा कार्यमा प्रतक्ष्य क्याम्पस प्रमुख डा.दिलकुमार लिम्बू, सहायक क्याम्पस प्रमुख सह.प्रा.वविता अधिकारी, सहायक क्याम्पस प्रमुख शैक्षिक उप.प्रा. कामना वान्तवा पूजा समिति संयोजकसह. प्रा. श्रीपति चक्रपाणी,स्ववियू सभापति अविनभ गुरागााईज्यू लगायतको जग्गेमा सहभागिता थियो । पूजा सम्पन्न भएपश्चात उपस्थित सबै लाई प्रसाद ग्रहण गराइएको थियो । उपस्थित सम्पुर्ण आकर्षित आभुशणमा नया जोश र उमङ्खतामा देखिन्थ्ये ।